दाङमा करेन्ट लागेर आज एक कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ अमर माध्यमिक विद्यालयमा कार्यरत कर्मचारी ४५ वर्षीय जोगिलाल चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उरहरी चोकमा व्यानर टाँसने क्रममा चौधरी करेन्ट लागेर घाइते भएका चौधरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्