Logo

पिताम्बर वाग्लेका दुई गजल



Spread the love

 

 

  • पिताम्बर वाग्ले ‘आविष्कार’ 

 

तिम्ले जित सिकायौ हार दुस्मनले सिकायो
लाग्छ तिम्लेभन्दा बढि यार दुस्मनले सिकायो ।

उस्लाई कमजोर ठान्नू नै मेरो कमजोरी थियो
यहि एउटा कुरा बारम्बार दुस्मनले सिकायो ।

केहि शब्द नै काफी छन् कसैको ज्यान लिन
चाहिँदैन कुनै हतियार दुस्मनले सिकायो ।

कमजोर बनाउन हो या बलियो बुझ्नै सकिन
मलाई त यो प्यारब्यार दुस्मनले सिकायो ।

माछो बनि आधा जिवन भ्रममै बिताइएछ
पानी बाहिर पो रहेछ संसार दुस्मनले सिकायो ।

ooo

आजबाट ऊ लामो बिदामा बस्यो
बस्यो त केवल सम्झनामा बस्यो ।

जाडोले आफ्नो सीमा नाघेपछि
आगो ताप्न ऊ चितामा बस्यो ।

राख्न त उनलाई मुटुमा हो राखेको
तस्बिर आई मेरो आँखामा बस्यो ।

मायालुले धोका दिएपछी ऊ
आफू स्वयं गई थुनामा बस्यो ।

ooo

ooo

प्रतिक्रिया दिनुहोस्