- केन्द्र रेग्मी
चार्ज जम्मा ११% । एकछिनमा फेरी मोबाइल लिन्छु । साइडको बटन थिच्छु, मोबाइलको बत्ति पिलिक्क बल्छ । डिस्प्लेमा भने फेरी त्यै ‘नो नोटिफिकेसन’ । मन फेरी खिन्न हुन्छ अनि फेरी फ्याक्यो मोबाइललाई खाटमा ।
अचम्मको छु म पनि ।
एक मिनेट बित्दो हो त फेरी त्यै मोबाइल टिप्यो । फेरी त्यै अनि फेरी त्यै । साइलेन्टमा त छैन मोबाइल, भोलुमको बटन थिचेँ । अहँ छैन त, भोलुम पनि फुल छ । त्यै नि किन बज्दैन त यो मोबाइल, म फेरी निरास हुन्छु ।
ooo
म जुत्ता खोलेर भित्र पसे । भेट्ने बित्तिकै मेरो उनलाई अँगालो हाली हाल्ने बानी छ, त्यसैले बिस्तारै बायाँ हात उनको कुममा बेरे अनि आफू तिर ताने । उनी मैन नै मेरो छातीमा टाँस्सिन पुगिन् । यो क्षण जब उनी मेरो अँगालोमा हुन्छिन्, मलाई उनको मौनता सारै प्रिय लाग्दछ । यो मौनतामा म उनको सारा हृदयलाई सुन्न सक्छु । आई क्यान सी इट अल इन् हर आइज । फेरी बिस्तारै अर्को हातले नि उनलाई बेरे अनि मेरो मुखबाट सानो स्वरमा निस्क्यो- बेबी’ ।
मेरो हातमा घडी छ र पनि समय हेर्न फेरी त्यै मोबाइल नै चाइने । बायाँ हातले फेरी त्यो फालेको मोबाइल लिएँ । स्क्रिनमा ५:१३ भइसकेको छ, यता भने अझै केही खबर छैन । म अघि देखि सजिएर केवल उनको एक कलको प्रतीक्षामा छु ।
“म कल गरूँ त ?”
एकछिन सोचेँ । हैन उसले कल गर्छु भनेकी छे, याद आयो । फेरी ११-१२ औं पल्ट पनि निराश भएर मोबाइल खाटमा राखेँ ।
सायद कुनै महान् साहित्यकार हुँदो हो त यो समयको बयान भित्तामा अडेको घडीको टिक टिक बाट गर्दो हो । उसले लिएको एक एक सासमा मिलन-बिछोड, बिछोड-मिलनको परिभाषा खोज्दो हो । ती रसिला आँखामा पोखिएका बेचैनीको कुरा गर्दो हो । तर ममा त्यत्रो धैर्य बाँकी थिएन, म हतास थिएँ, मलाई मात्र उनको एक फोनको पर्खाई छ ।
अगि लगाएका पर्फ्युम पनि उडी सकेछन्, मेरो आशा सँगै ।
रुमालले चट्ट पुसेर लगाएका चस्मा पनि धूलोले छोपी सकेछन्, मलाई खिन्नताले छोपे जस्तै ।
आइरन गरेर लगाएको सर्ट पनि खुम्चि सकेछन्, मेरो अनुहार खुम्चे जस्तै ।
र तन्नेरी शरीर पनि सुकी सकेछन्, मन सुके सँगै ।
ooo
उनलाई जब म आफ्नो अँगालोमा बेर्छु, जब उनको शरीर मेरो शरीरको समीपमा आउँछन्, जब उनको प्रेमिल शिर मेरो छातीमा लुक्न पुग्छन्, म आफूलाई एकदमै खुल्ला, आजाद, शून्यमा स्थित पाउँछु । प्रेममयी भावनाले ओतप्रोत, अनन्त ।
“हजुर..” उनले एकदमै मन्द स्वरमा भनिन्, उनको अझ बेस्सरी मेरो शरीरमा हातले बेर्दै गरेको म महसुस गर्न सक्थे । उनी जोडले मेरो सर्टको पछाडिको भाग समाई रहेकी थिइन् । उनका आँखाहरू बन्द थिए, म देख्न सक्थे उनी पनि पूर्ण स्थिर छिन् मेरो आभासमा ।
म पनि अनायासमै उनको पिठ्यूँमा हात लगेर सुमसुम्याउँदै फेरी एक दुई चोटि बेबी भन्दै थिएँ । मैले उसलाई एक चोटि भनेको थिए कि जब म उसलाई अँगालो हाल्छु तब मलाई उसलाई प्रोटेक्ट गरिरहेको लाग्दछ । उनले नि भनेको थिइन्- ह्यर आई फील सेफ बेबी । आई फिल लाइक इट्स अल माइन ।
ooo
५:२२
अब भने मेरो मलिनताको साथ केही थोपा आँसुहरूले दिन थाली सकेका थिए । बल्ल मोबाइलको घण्टी बज्यो, हतारिँदै फोन उठाएँ । उनले अब भेटौं भनिन् । मेरो भने मन मरिसकेको थियो कुर्दा कुर्दा । मैले रुन्चे स्वरमा म आउँदिन अब भने । उनले तिमीलाई थाहा नै छ नि मेरो कत्ति के के मिलाउन पर्छ भनेर, त्यस्तो नभन न, आउ अब चाँडो, म कुरिरहेको छु तिमीलाई । म कुरिरहेछु….
ooo
उनले दुवै हात मेरो कुममाथि लगिन् मेरो अनुहारमा हेर्दै । मैले मेरो हत्केलोहरूलाई उनको अनुहारमा लगेँ, उनको कपाल फ़िजारियर गालामा आई पुगेका थिए । ती कपाल पन्छ्याउदै उनको अनुहारलाई थोरै माथि ताने अनि आफू पनि हल्का झुकेर उनको ओठ सामु मेरो तल्लो ओठ राखेर चुम्मन गरेँ…।
‘ओठमा के लगाएकी ?’- मैले सोधेँ|
‘चिपस्टिक… तिमीलाई मन पर्छ भनेर ’- उनले भनिन् ।
हामी दुवै एकछिन हाँस्यौं ।
कुनै ४० को दशक, ठूलो हलको सेतो पर्दामा श्याम-श्वेत तस्विरहरू झल्किरहेका छन् । कुनै फ्रेन्च फिल्मका नायक-नायिका एक अर्काको सामु पुगी सकेका छन् । नेपथ्यमा भायलिन र किबोर्डको रोमान्टिक मिश्रण गुन्जिन थाली सकेका छन् बिस्तारै, बिस्तारै । क्यामराको फोकस दुवैको अनुहारमा पुगिसकेको छ । दर्शकमा बस्ने युवा जोडीको शरीरमा उन्माद पैदा भइसकेको छ । आफ्नो प्रेमीलाई इसारा दिन अगि हलुकासँग समातेको हातलाई उनीहरू बेस्सरी समाउँदै छन् । पर्दामा दुवै अझै सामु, क्यामरा अझै नजिक, अझै सामु अझै नजिक….. बिस्तारै मिलन – यौवनको, प्रेमको, शरीरको, हृदयको, ओठको ।
ooo
चोकमा आएर गाडी चढेँ । धन्न आज सिट खाली रहेछ । एउटा सिटको झ्याल तिर गएर बसेँ । बन्द सिसालाई हल्का धकेलेर पर लगेँ । बिस्तारै गाडी पनि आफ्नो रफ्तार लिन थाल्यो । खुल्ला झ्यालबाट हावा आइरहेको थियो । मैले हल्का आफ्नो टाउकोलाई झ्याल तिर अडेश लगाएँ, अनि उनैको यादमा आफूलाई समर्पित गर्दै थिएँ । उनलाई भेट्दा के गर्ने होला, के भन्ने होला सम्झिदैं रोमान्टिक हुँदै थिएँ । उनी सामु नभए पनि उनका स्पर्श महसुस गर्दै थिएँ । उनी यता भएको भए सायद उनको टाउको मेरो काँधमा हुने थियो, म सोच्दै थिए ।
ooo
उनी मेरो तल्लो ओठ चुम्न लिप्त थिइन । मेरो हात उनको स्तनमा पुगेका थिए । मेरो बुढी औँला र चोर औँलाको बीच उनको कोमल स्तन अवस्थित थिए । म थोरै जोड लगाएर तिनिहरूलाई थिच्दै थिएँ । उनको ओठ मेरो ओठ बाट झरेर घाँटीमा पुगेका थिए । उनी आफ्नो दाँत मेरो शरीरमा गाडदै थिइन् । मलाई त्यसको मन्द दुखाइमा नै मजा आइरहेको थियो ।
हल्का साँझ, कोठा भित्र अँध्यारो र उज्यालोको मिश्रण, ठ्याक्कै त्यो श्याम-श्वेत फ्रेन्च फिल्मको पर्दा झैँ मिलिरहेको छ । बाहिर सिमसिम पानी पर्न सुरु भइसकेको छ । बाहिरको चिसो मौसम अनि उनको शरीरको तातोको मिश्रणले पनि मेरो शरीरमा बेग्लै आनन्दको अनुभूति हुँदै थियो जुन को बयान म गर्न सक्दिन । कामुकता बिस्तारै मेरो शरीरमा उत्पन्न हुँदै थियो, फेरी व्यय हुँदै थियो । त्यसको मीठो आनन्दमय तरंग म एक एक आफ्नो शरीरमा अनुभूत गर्न सक्थे ।
मैले उनलाई जुरुक्क उचाले अनि बोकेर खाटमा लगें । उनको आँखा फेरी बन्द भयो । कुनै रोमान्टिक फिल्ममा हिरोले हिरोइनलाई बोके झैँ । उनलाई खाटमा सुताएँ । उनको हात अझै मेरो गर्दनमा बेरिएको थियो । म हल्का उठ्न खोजे तर हात छुटेन । मलाई उनको यो प्रतिक्रिया सारै मज्जा लागिरहेको थियो । मैले दायाँ हात उनको पेट तिर लगेँ अनि उनको टिसर्ट माथि सार्दिएँ ।
ooo
बस रफ्तारमै हिँडिरहेको थियो, चाडै नै ठाउँमा पुगे । बस बाट ओर्लिएँ । अब भने मन ढुक्क फुलेको थियो । सास फेर्न गारो हुँदै थियो । जति नजिक उनको घर पुग्न लागेको हुन्थे, त्यति अनौठो हुँदै थियो, त्यति सास फुल्दै थियो । घर बाहिरको पसलमा उनलाई मन पर्ने चकलेट किने- डेरिमिल्क सिल्क । उनको घरमा पुगेँ, ढोकामा ढक ढक गरे । उनले एकछिन मै ढोका खोलिन् । जति जति ढोका उघ्रिदैं थियो त्यति त्यति उनको रूप सामुन्ने आउँदै थियो । उनी त्यै मेरो इन्तजारमा सजिएर बसेकी !!!
ooo
ooo