झापा को शनी अर्जुन न.पा मा स्थायी रूपमा बसोबास गर्दै आएका युवा समाजसेवि सागर खरेल बिगत केहि बर्ष देखी निरन्तर रूपमा सामाजिक क्षेत्रमा क्रियासिल छन।
हसिलो स्वभाव र सहयोगी मन भएका सागर नयाँ ठाँउ र नयाँ साथी हरु संग छिट्टै नै घुलमिल भैहाल्छन।आफ्नो पढाई संगसंगै निरन्तर सामाजिक क्षेत्रमा लागीरहेका उनले भर्खरै आफ्नो +2 सम्म को अध्यन सम्पन्न गरेर थप उच्च शिक्षा को लागी तयारी गरिरहेका छन। उनले बिगत ४ बर्ष देखी फेस्बुक मार्फत “हाम्रो शनिस्चरे बजार” भन्ने पेज चलाएर आफ्नो गाउँ ठाँउ को खबर देश बिदेश मा पुर्याएर आफ्नो एउटा छुट्टै पहिचन बनाएका छन।
उनले संगसंगै शनिस्चरे अर्जुन्धारा क्षेत्रमा रहेका थुप्रै धार्मिक तथा पर्यटकिय स्थलहरु को भिडियो बनाएर युटयुब मार्फत देश बिदेश मा पुर्याएर आफ्नो ठाँउ को पर्यटन प्रबर्धन मा पनि सहयोग पुर्याएका छन।सागरले बनाएको भिडियो हरुलाइ हजारौले हेरेको र सयौले शेयर पनि गरेका छन।
अर्जुन्धारा जेसिज मा सन २०१५ देखी निरन्तर हिडिरहेका उनले जेसिज मार्फत थुप्रै ट्रेनिङहरु लिने अवसर पाएका छन।पुर्वमा भएको दुइवटा क्षेत्र क सम्मेलन र महेन्द्रनगर मा भएको ४२ अौ राष्ट्रिय माहाधिबेसन मा सफलता पुर्वक भाग लिइसकेका छन।
यसरी सामाजिक क्षेत्रमा निरन्तर हिडि रहदा सागर भन्छन सायदै जेसिज नभएको भए,यसरि सामाजिक क्षेत्रमा हिडिरहन सम्भव थिएन होला, नेतृत्व र ब्याक्तित्व बिकास मा मेरो जिवनमा अर्जुन्धारा जेसिज र बर्ष १५ का अध्यक्ष दिपिन राइले खेलेको भुमिका एक्दमै महत्त्वपूर्ण छ ।
उनि जेसिज संगसंगै शनीअर्जुन न.पा मा रहेका प्राय सबै संघ संस्था हरु मा आबद्ध छन।फरवाड युवा म\ञ्च,कुशल मोक्षेस्वर युवा परिवार,नाटय कला यात्रा झापा,न्यु डाइनामाइट फुटबल क्ल्ब लगायत अन्य थुप्रै संघ संस्था हरु मा रहेर काम गरिरहेका सागर भन्छन, “थुप्रै साथिहरु मलाइ सोध्ने गरछन, तिमि सबै संघ संस्था हरु मा हिडिरहेका हुन्छौ, सबै कार्यक्रम हरु मा सकृय सहभागिता जनाइ रहेका हुन्छौ, थुप्रै संघ संस्था मा आबद्ध भएर काम गरिरहेका छौ,पैसा त राम्रै कमाइ हुन्छ होला नि???? सागर मुस्कुराउदै भन्छन, मैले अइले सम्म एक रुपैया पनि कमाएको छैन ,मैले जे कमाएको छु, त्यो भनेको साथी भाइ हरु को माया र अग्रज अरु को आशिर्वाद नै हो।” बरु कतिपय ठाँउ मा आफ्नै गोजि को पैसा खर्च हुने बताउदै उनि भन्छन,”मलाइ यो क्षेत्रमा मा हिडनलाइ मेरो परिवार को ठुलो साथ छ,सायदै मेरो परिवारले साथ नदिएको भए यो यात्रा येसरी निरन्तर अघि बढदैन थियो होला,मेरो प्रेरणा को श्रोत भनेको मेरो बाबा,मामु र भाइनै हो।
सामाजिक क्षेत्र संगसंगै मिडिया मा पनि त्यती नै रुची राख्ने, उनि जर्नलिस्म का विद्यार्थी हुन,साथै पुर्व को लोकप्रिय साप्ताहिक पत्रीका यलम्बर टाइमस का फोटो पत्रकार पनि हुन। उनि “सामाजिक क्षेत्र र पढाई लाइ संगसंगै लैजादै भविस्य मा व्यवसायिक रूपमा मिडिया क्षेत्रमा आफ्नो करियर बनाउने बताउछन।”
आफ्नो करियर सँग सँगै सामाजिक क्षेत्रमा सक्रिय रहिरहने सागरले सल्लेरी खबरलाई बताए ।