- मिसन बराल
एक हुल मान्छे
बिदाई का हातहरु
अनि दोशल्ला !
अहँ, मनले मान्दैन मेरो
आखिर दोशल्ला के का लागि ?
बधाई या बिदाइ ?
पुरस्कार थाप्न जाँदा
ओडाइदिए दोशल्ला मलाई
त्यही दोशल्ला,
जुन आज
बिछोडिएर जाने मान्छेलाई
पहिर्याइ दिदैछन् ।
म सोच्छु आखिर
यो दोशल्ला केका लागि
बधाई या बिदाइ ?
संकीर्ण सोच हाम्रो
माला र दोशल्लाले
सम्मान गरिन्छ कसैलाई
जब उ जान्छ यो देश छोडी,
तर जब उ फर्कन्छ त्यहाँबाट
अहँ कोहि आउदैनन्
दोशल्ला लिएर उसलाई स्वागत गर्न ।
म सोच्न थाल्छु
आखिर यो दोशल्ला केका लागि
बधाई या बिदाइ ?
मान्दैन मेरो मनले जब
ती दोशल्ला अडिन्छन् त्यो कांधमा
आफ्नी आमालाई छाडी जानेको
आफ्नो देशलाई माया मार्नेको ।
लगाउनै छ भने दोशल्ला
लगाइदेउ न
ती हुल मान्छेहरुलाई
जो उनलाई बिदाइ गर्न आएका छन्
जो दिनरात देशका लागि मरिरहेछन्
आफुलाइ
अनि,
आफ्ना रहरहरु मारिरहेछन्
केवल देशलाई जिवित राख्न ।
म सोच्न थाल्छु
आखिर त्यो दोशल्ला केका लागि
बधाई या बिदाइ ???
ooo
ooo