Logo

सतिश त्रिपाठीको गजल !



Spread the love

 

  • सतिश त्रिपाठी

 

हिजो बगरमा थियो, आज मन्दिरमा छ
थाहा हुदैन कसको, के तकदिरमा छ !!

कर्म गर्नेले मात्र फल पाउछ भन्ने रहेनछ
र त पाउमा ठेला, जितको टिका शिरमा छ !!

सबै सफल हुने हरु सक्षम, हुन्छन! म मान्दिन
कोहि काँधमा छन् त कसैको, पाउ जन्जिरमा छ !!

हार जित तल माथि यो, सबको एक चक्र छ
बुझ शिखर यात्राको अन्तिम, पाइला भिरमा छ !!

सोचेको प्राय: कुरा पुगे, पछि यस्तो लाग्यो
बढि आनन्द ममा छ, या फकिरमा छ !!

ooo

ooo

प्रतिक्रिया दिनुहोस्