Logo

आफैले जन्माएको सन्तानको हत्या



Spread the love

लमजुङको दूधपोखरी गाउँपालिका दुई, भूम्लिचोककी ४५ बर्षीय विष्णुमाया परियारलाई आफैले जन्माएको नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

 

परियारले प्रहरीसंगको प्रारम्भिक बयानमा हत्या गरेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । गत साउन १८ गते शुक्रबार नवजात शिशुको हत्या भएको थियो विष्णुमायाले छोरी जन्माई प्लास्टिकमा पोको पारेर शौचालयमा झुन्डाइदिएको स्वीकार गरेको प्रहरीले बताएको छ । उक्त घटना भएको सूचना पाउने लगत्तै प्रहरी टोली खटाइएको र सोमबार परियारलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । विष्णुमायाका एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्