कैलालीको भजनी नगरपालिका वडा नं. ९ भुरुवामा स्थानीय एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेकी छन् ।
२६ बर्षीय निर्मला राजीले वर्ष १८ का प्रेमी दिलिप राजीसँग मिलेर ३५ बर्षीय श्रीमान् नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
साउन ४ गते हराएका नन्दु राजीलाई आफूहरूले मारेर बोरामा हालेर नजिकै सामुदायिक वनमा खाल्डो खनेर गाडेको निर्मला र दिलिपले बताएपछि सो स्थानबाट मृतकको शव निकाली मुचुल्का समेत बनाइ टीकापुर अस्पतालमा पोष्टमार्टम् गरिएको छ । पोष्टमार्टम्पश्चात मङ्गलबार नै आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेको र हत्यारा दुवैजनालाई मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्