प्रिय कृतिमा ,
म महिनौंदेखि पागलबस्तिमा बसिरहेको छु ,
असंख्य पागलहरुबिच ,
निसासिएर , भक्कानिएर,
स्वतन्त्रताको पर्खाइमा ,
बर्षातको थोपाहरु र चिसो हावाससङ रमाउँदै ,
मात्र कमि छ त तिम्रो ,
र म बाध्य छु ,
पागलहरुबिच दिन काट्न ।
यहाँ दुनियाँलाई रमिता बनिरहेको छ ,
मलाई कबिता बनिरहेको छ ,
अङ्ग्रेजी साहित्य छापिनबाट प्रहरी प्रशासनले बर्जित गरेको छ ।
यहाँ साहित्य छ , तर शब्दविहिन ,
रचना छन , तर भावबिहिन ,
र म सम्झन्छु तिमिलाई ,
मस्किदै , भुतभुताउदै ,
तिम्रो हावा गफमा मस्त भएका दिन ।
मेरो भौतिकशास्त्र हराएको छ ,
गणित हराएको छ ,
दर्शन हराएको छ ,
साथमा छ त केवल निस्पट्ट अन्धकार ।
म खोज्छु बुद्ध ,
म खोज्छु डेसकार्टेस , केन्ट, नेइस्जे, र रसेल ,
यहाँ अधिकार केवल किताबमै सिमित छन ,
र दर्शन चियाको गफमा,
यहाँ लेख्न प्रतिबन्ध छ ,
सायद हामी सबै जियोग्राफिकल मिस्टेक हौँ ।
बिगृएको साहित्यले ,
तिम्रो नाममा कविता लेख्न ,
आज मलाई पहिलो पल्ट लाज लागिरहेको छ ।
सायद दिनहरु सुधृनेछन ,
अनि पुन सुधृनेछ मेरो साहित्य ,
त्यतिन्जेल तिमि रमाइलो गर ,
किनकी तिमी स्वतन्त्र छौ ।
प्रतिक्रिया दिनुहोस्