Logo

असार १५



Spread the love

उ बेला,
जमना त कस्ता थिए
दिनभर खेतको हिलोमा डुब्दै
छुपु छुपु खेत रोपिन्थ्यो,
मौका पर्खि पर्खि
हिलोले नै होली खेलिन्थ्यो,
रातभर जिम्बालबा को घर
गाइन्थ्यो,… नाचिन्थ्यो,
त्यो उमेर,…त्यो समय,
न निद्रा लाग्थ्यो,
न भोक लाग्थ्यो,
न थकाई लाग्थ्यो,
सबैजना असार पन्ध्र भनेपछी
हुरुक्कै भैन्थ्यो,
आजकाल त असार पन्ध्र पनि बिधवा जस्तै भएछ,
बिना हर्श उल्लासको …!!
त्यो गहिरी खेतले
सम्झिदो होला कि
हाम्रो मिठो मिलन …
हाम्रो चोखो प्रेम …
तर बिचरा,
उ आँफै
खडेरिले ग्रसित छ,
धानका वाला झुलाउने सपना देखेका
ति गहिरी खेतका माटोका कणहरु
आज शिरुको जरामा बाधिएर बचिरहेछन,
त्यो गहिरी खेतको तिर्खा मेटाउने
बिचरा सिस्ने खोलो
आफ्नै किनाराका ढुङ्गाहरु
तिर्खाएर मरिरहेको
लाइभ हेर्दै छ,
कतिबेला आफ्नो अस्तित्व मेटिने हो
भन्ने त्रासमा रोमलिदै
त्यो काली भिर
आकाशमा हेर्दै तड्पिरहेछ,
अब बर्खा लाग्यो भन्दै बुढीआमा
घरको छानो हेरेर बसिरहेकी छिन,
कतिबेला डुबिने हो भन्दै ठुल्दाइ
पुरानो डुङ्गा ठोकठाक पार्दै छन ,
बर्खा नलाग्दै छानो छाउने भन्दै
दुई जिउकी ठुल्दिदी
प्रदेसी भिनाजुले
कहिले पैसा पठाउलान भन्दै
आस गर्दै बसेकी छिन,
पहिरो बारीछेउ आइसकेछ
यो पाली घर बगाउन के बेर
भन्दै काका डराइरहेछन,…
कस्लाई के मतलब र ?
ठुलावडाहरुपनि
असार पन्ध्रको निउमा
सुकिला कपडा लगाएर
हिलोमा फोटो खिच्दै,
सामाजिक सन्जाल भर्नमै व्यस्त छन,
आजको असार पन्ध्र सम्झिएर
तिमी अफिसबाट फर्कदा
दही लिएर आयौ,
मनसपटल कहाँ कहाँ पुग्यो
भावनाको खोलोमा बग्दै बग्दै,
खै किन
निर्दोश दहीचिउरालाई
मेरो मनले
नही !! लिएर आयो ।

 

शिला अर्याल हाल बुटवलमा बस्छिन  । उनि सुचना तथा प्रविधी विषयमा तेस्रो वर्षमा अध्ययनरत छिन ।

प्रतिक्रिया दिनुहोस्