Logo

टेक टृक्स – २०१८ को मेगा ईभेन्ट जेष्ठ २५ र २६ गते |TechTrix-2018|



Spread the love

काठमाडौं-सल्लेरी खबर । सोसाइटी अफ इन्फर्मेशन टेक्नोलोजी स्टुडेन्ट्स (Society of information Technology Students) SITS ले आयोजना गर्न लागेको टेक टृक्स – २०१८ को मेगा ईभेन्ट यहि जेष्ठ २५ र २६ गते हुने भएको छ । न्यु समिट कलेज, हिमालयन कलेज, अर्किड कलेज जस्ता काठमाडौंका १० भन्दा बढी आईटी रिलेटेड कलेजहरुको सहकार्यमा हुन गैरहेको उक्त मेगा ईभेन्टलाई क्यान र सिकोनले समेत सपोर्ट गरिरहेको छ ।

गत चैत्र १५ देखि प्रत्यक शनिबार र आइतबार प्रि-ईभेन्टहरु गर्दै आइरहेको टेक टृक्समा आइटी संग सम्बन्ध राख्ने विद्यार्थीहरुले प्रशस्त लाभ लिईरहेको बताइन्छ । ५ ओटा प्रि-ईभेन्टहरु सकाइसक्दा ४०० भन्दा बढी विद्यार्थीहरु टेक टृक्स – २०१८ मा उपस्थित भैसकेका छन । जेष्ठ २५ र २६ गते हुन लागेको मेगा ईभेन्टमा ३००० भन्दा बढी विद्यार्थी उपस्थित हुने आयोजकको दाबी छ ।

सुचना र प्रविधी क्षेत्रमा कम्पनी र विद्यार्थी बिचको दुरिलाई मेटाउने टेक टृक्स – २०१८ को मुख्य उद्देश्य रहेको आयोजक सोसाइटी अफ इन्फर्मेशन टेक्नोलोजी स्टुडेन्ट्सले बताएको छ । उक्त दुई दिने ईभेन्टमा आईटी कम्पनिहरुबाट १०० भन्दा बढी विभिन्न दक्ष ब्यक्तिहरुको उपस्थिति रहने, ३००० भन्दा बढी भिजिटर्स आउने अनुमान लगाइएको छ । करियर काउन्सिलिङ्ग, प्रोजेक्ट देमोन्स्ट्रेसन, ह्याकाथोन, गेमिङ्ग सेसन (फिफा, डोटा र क्ल्याश रोयल ) र नेटवर्किङ्ग सेसन रहने बताइएको छ ।

प्लुस टु पास गरेका विद्यार्थीहरु देखि लिएर ब्याचेलोर र ब्याचेलोर पास आउट विद्यार्थी सबैको लागि टेक टृक्स – २०१८ फलदायी हुने अनुमान विद्यार्थीहरुले गरिरहेका छ्न ।

 

थप जानकारीको लागी टेक टृक्स – २०१८ को फेसबुक पेज फलो गर्नुहोस ।

https://www.facebook.com/techtrixnepal/

 

प्रतिक्रिया दिनुहोस्