Logo

ममतामा पुनःपश्न !



Spread the love

 

  • रेखा पौडेल

माधबले काकी मानेकी साहीली आमै पिढीमा बसेर उसकै आमाको कथा सुनाई रहेकी हुन्छीन् । साहीली आमै अहीले असी काटेकी छन् क्यारे तर उनको बोली भने उत्तिकै हठि छ जतिबेला माधबलाइ सिस्नोको गाँजमा भेटाउदा आफनो परीवारको विरोधमा उसलाई छातीमा लगाउदा थियो ।

ए, माधे तेरी आमा त अप्सरानै हो क्यारे अति नै सुन्दर थिई, ज्ञानी पनि,शुशिल पनि थिइ । रुप देखेर र्याल चुहाउदै नहिडने् त्यो गाउमा कुनै पनि ठिटा बाकि थिएनन। तेरी आमा लाई माया गर्छुृ, विहे गर्छुृ भनेर भन्न कोही पनी बाकी थिएनन् । मिठो बोलि मधुर मुस्कानले सबैको मनमा राज गरेकि थिई तेरि आमाले, कत्रो सपना थियो मैले उ संग देखेको। दिदी खसेको महिना दिन नहुदै भिनाजुले अर्की लेर आए क्यारे, उ सानी बालख कत्ति पनी रेखदेख नहुने त्यो घरमा मेरो मन यता कुडीएको कुडीइ भयो। अनी भिनाजुसंगै सल्लाह गरेर मैले नै पाल्छु भनेर लिएर आए के गर्ने त्यो मोरिको भाग्यनै त्यस्तै रहेछ बाउ पनि खसे महिना दिनमा, यता साहिला बाजे पनि बिरामीको बिरामी ,आफना सन्तान थिएनन् उसैलाई संसार मानेर कम्ति मायाले हुर्काएकी होइन। उसले त मलाई आमा नै भनेर बोलाउथि,  थाहा थिएन होला उ मेरै कोखबाट जन्मेकी होइन भनेर तर पछी अलि ठुलि भएपछी कुन्नी के कुरामा हो मैले हपार्दा मेरी आमा भए किन गाली गथ्र्यौ भन्दै थिई, उ भन्दा धेरै अध्यारो कुनामा बसेर म रोएकी हुला त्यो बेलामा, तर के गर्नु आसु सकिदो रहेनछ दुखिको जति गरेपनि जिन्दगीनै आसु बनेर आउदो रहेछ,मुल जस्तै पलाएको हो की।

मधब त कसको छोरा होस् रे? यो पश्न खेल्न गएको बेलामा हरेक दिन उसका साथिहरुले उसलाई सोघिरहने प्श्न हो। यो उसलाई पश्न जस्तो नलागेर जिस्काएको जस्तो लाग्दछ। साहीली काकीलाई सोध्छ जबाफमा मै हु तेरी आमा, त मेरो छोरा होस्, मेरो छोरा होस् रुदै भनेको बोलि उसले चिनीहाल्छ। छातीमा टासीदा उनका आंखांबाट बगेका आशु उसको गलामा झरेको अनुभव गर्दछ। मात्र अनुभव ,उसले देखेको छैन कि आशु कस्तो हुन्छ,किनकी सबै कालो नै छ उसको लागी ।

बाालखमा जन्मे देखिनै कसैको माया नपएकि तेरी आमा, भर्भराउदो जवानि देखेर र्याल काडिरहेका स्यालको दुईचार ओटा मिठो र मोहनिलाग्दो बोलिमा फसिछ क्यारे त पाप सरि उसको गर्भमा बस्न आएछस्, दोस त तेरो पनि के थियो र पिर नगर समाजले तलाई आमा खाने सन्तान माने पनी आफ्नो भाग्यलाई स्विर्कानु ल । आोहोः यति सुन्दासुन्दै माधवको शरिर जिरीङ्घ हुन्छ, अनि सम्झ्न्छ त के भन्नु मनमै कल्पन्छ आफ्नि आमालाई, भन्छ कति ममताकि खानी रहेछीन् मेरी आमा जसले मेरा लागि आफ्नो जिवन वलिदान दिन सकेकि रहेछन् ।

हेर माधे समाजले छिछी र दुरदुर गराए पनि मलाई त मोरीको अवस्था देख्दा दया बढ्दै र चल्दै गएपछी समाजमा पनि तेरो चलाई संगसंगै हाम्रो अस्तित्व पनि चलमलाउन थाल्यो। के गर्नु र कसो गर्नु सुरु भयो ,यो समाजलाई बारम्बार धिक्कारदै तेरो थर नखोजेको पनि होईन तर हामी बेसाहाराले समाजको साथ पाउन सकेनौ । अनि गाउंनै सरेर आयौ, तर कुहिएको समाजको गन्ध अलिअली गरेर भएपनि यहां आइपुगेको थियो। बाथको ब्यथाले च्यापेर म बिस्तारामा परेको समयमा काल जस्तैगरेर ठुलै चट्यान पर्‍यो मेरो थाप्लोमा जव सिस्नोको झयाङ्घमा एउटा बच्चा रोइरहेको छ भन्ने खवर बाटोको बटुवाले सुनाए, बच्चा भर्खरै जन्मीएको छ रे, रगतमानै मुछीएको छ जिवीत मात्रै छ रे नि ,कसको हो खै आमाको त अत्तोपत्तो छैन रे नि त, होइन होइन अस्ती हाम्रो गाउमा आएका आमा छोरी मध्य छोरीको हो रे, बावुको त पत्तो नै छैन रे यत्तिकैमा भिडबाट आवाज आउछ एउटि १९, २० वर्षकी केटी रुखमा झुण्डीएकी छ रे नि ओहो के भन्छस् माधे यि कुरा त मैले अलिअली होसमा सुनेजस्तो पो लाग्छ, कत्रो चट्यान बर्षेको मेरो जिवनमा, तेरो लागि भएपनि वाच्नै पर्ने एकपछी अर्को टुहुरो,,,,,,,,,,,,जन्मदै अभागी है त ‘‘‘‘‘‘‘‘ खै आमौ अभागी जस्तो लाग्दैन, मलाई त जन्मदानै कती सघर्ष गरेर जीतेर आएको छु समाजलाई तितरवितर पारेर हुर्केको छु हैन म जस्तो भाग्यमानी त को होला र आज आफ्नै कथा सुन्न पाएको छु ।

हवाइटकेनको साहारामा सानोतिनो समारोहमा गएको समयमा एकजना अन्तरवार्ताकारले सोध्छन पुन:ह उही प्रश्न हजुर त आमा बिनाको बाबुबिनाको साथै आखाँ बिनाको, कस्तो लाग्दछ यो ससार उत्तर : अति नै सुन्दर छ, रमाईलो छ, केहीनभएपनी सबै छ म सग सुखी छु म उ भन्दा जसको सबै भएर पनी आफुमा अरुलाई दिने केही छैन।

अनी त्यो भन्दा कस्तो लाग्छ तपाईलाई तपाईको आमा जसले जन्मदा बित्तीकै आफ्नो सन्तानलाई सिस्नोको झँयामा फालेर हीडिन? कसरी सम्झनुछुन्छ उहाँलाई?

मलाई मेरी आमा ससारको नै सबैभन्दा ममतामयी, बहादुर लाग्दछ जसले समाजलाई जितेर एक्लै यस धर्तिमा मलाई जन्म दिईन्, आफु मरेर मेटीएर मेरो अस्तीत्व बाचाईन्। जसले मलाई जिवीत बनाउनको लागी मेरो हारगुहारको लागी मलाई सिस्नोको झँयागमा फालीन। नत्र त पानिमा फालेको भएपनी,खाल्डोमा पुरेको भएपनी मेरो अस्तीत्व आज रहने थिएन। सिस्नोले पोलेर नै म चिच्याई चिच्याई रोईराखे अनी गुहार पाएर सफल भए। अन्यथा म यहा हुने थिएन यो पनि मेरी आमाको ममता नै हो,मलाई बिना बाबुको सन्तान भन्दा बेबारीसे भएर नै बाच्न सहज हुने हुनाले यो ससार छाडेर गईन। पापि दुनिया देख्न नपरोस भनेर आखाँ पनी सगै लगेर गईन्।

अहो कस्तो बुझन नै नसकीने बिचार भन्नेको भिड समारोहमा एकातिर छ भने, टुहुराको लागी कती मरीहत्ते गर्न सकेकी यी साहिली बज्यै सायद आफनो सन्तान नभएर हो कि भन्नेको भिड पनि गाउँमा छुट्टै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्