Logo

फेल हुने चिकित्सक बढ्दै



Spread the love

१५ जेठ, काठमाडाैँ । चिकित्सकहरूको अनुमति लिने परीक्षामा उत्तीर्ण हुने दर घट्दै गएको आजको गोरखापत्र दैनिकमा समाचार छ। नेपाल मेडिकल काउन्सिलले लिएको अनुमति लिने (नाम दर्ता) परीक्षामा यो पटक ३१.८४ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । यसअघिको परीक्षामा पास ४१ प्रतिशत थियो।

मेडिकल काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागीमध्ये ६८ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारीले दिएको जानकारीअनुसार परीक्षामा एक हजार ४९४ परीक्षार्थीमध्ये ४७५ जना मात्रै पास भएका छन् । एक हजार १९ जना अनुत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्