३ जेठ, एजेन्सी । तान्जानियामा सरकारी अधिकारीहरूले १८ हजारभन्दा बढीलाई पक्राउ गरिएको दावी गरेका छन् ।
ट्राफिक नियमको उलङ्घन गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
तान्जानियाको ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रहरीले १८ हजार ४१० जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई दुई महिनाभन्दा कम समयमा पक्राउ गरिएको हो । तान्जानियामा पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरेको छ भने नियम कार्यान्वयन गराउन प्रहरीले सक्रियता बढाएको छ ।
तान्जानियाको ट्राफिक प्रहरीका कमान्डर विल्ब्रौड मुताफुङवाले पक्राउ परेका चालकलाई ट्राफिक नियमको पालना गर्ने प्रतिवद्धता गराएर र अन्य तोकिए अनुसारको कारबाही गरेर छाड्ने गरिएको जानकारी दिए ।
चेकजाँचको कार्य देशभर नै भइरहेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्