Logo

खुल्यो अप्पर सोलुको आइपिओ



Spread the love

१३ वैशाख, सोलुखुम्बु । अप्पर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले यही वैशाख २२ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीआ)को बिक्री खुला गर्न लागेको हो ।

आयोजनाले प्रभाव पार्ने सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका (साविकको टाकासेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ग्ला गाविस)का सम्पूर्ण वडाका बासिन्दाले यही वैशाख २२ गतेदेखि शेयर खरिदका लागि आवेदन दिनसक्ने छन् ।
कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने बासिन्दाले आगामी जेठ ५ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे जेठ २० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलु खोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै एनएमबि बैंक र लक्ष्मी बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा, प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यलयबाट आवेदन दिनसकिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आईआर बीबी प्लस ईस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्