Logo

उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज भइन् मन्त्री रेग्मी



Spread the love

५ वैशाख, काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छन् । काठमाडौँको वीर अस्पतालमा पाँच दिनसम्म टाउकोमा जमेको रगतको उपचारपछि आइतबार साँझ डिस्चार्ज भएकी हुन् ।

अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिइन् । साथै उनले उपचारमा सहयोग गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनलगायत सम्पूर्णलाई धन्यवादसमेत दिइन् ।

केही दिनअघि राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएको र एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । ज्वरो र वान्ताका कारण स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच दिनसम्म अस्पतालमै राखेर उपचार गर्नुपरेको मन्त्रीका स्वकीय सचिव हिमाङ्क भण्डारीले बताए । मन्त्री रेग्मीलाई चिकित्सकले एक हप्ता निवासमै आराम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्