Logo

विश्वासको मत गुमाएपछि पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त



Spread the love

२७ चैत, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन् । उनले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वाेच्च अदालतले पुनर्स्थापना गरिदिएको थियो । अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसदमा उनको पक्षमा मत नरहेका भन्दै मतदान भएको थियो ।

शनिबार अपरान्ह यहाँको संसदमा दोस्रो पटक मतदान कार्यक्रममा संसदमा आफ्नो बहुमत गुमाए । उनलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक पर्नेमा उनको विपक्षमा १७४ मत आएको थियो । संसदमा बहुमत गुमाएपछि उनि स्वतः पदमुक्त भएका हुन् ।

पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानको संसदले उनका विरुद्धमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मत दिएपछि उनि पदमुक्त भएको समाचार सम्प्रेषण गरेका छन् । बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण यहाँ पनि आर्थिक संकट देखिएको छ ।

यी विविध कारणहरु देखाएर पाकिस्तानको संसदमा यहाँका विपक्षी सांसदहरुले अविश्वासको मत दर्ता गरेका थिए । त्यस लगत्तै प्रधानमन्त्रीले संसद विघटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्