Logo

देशभर घटे कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शुन्य



Spread the love

२३ चैत, काठमाडाैँ । बुधबार मुलुकभर थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३५८ जनाको पीसीआर र १४४९ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्