Logo

नेपाली सेनामा रोजगारीको अवसर, कसरी दिने आवेदन ?



Spread the love

१४ चैत, काठमाडाैँ । नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले सोमबार रिक्त पद पूर्तिका लागि सुचना जारी गरेको हो ।

निर्देशनालयको सुचनामा लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले नेपाली सेनाको आधिकारिक वेब साइट www.nepalarmy.mil.np भित्र JOIN THE ARMY मा गइ दरखास्त दिन सक्नेछन् ।

च्छुकहरूले २०७९ वैशाख १३ गतेसम्म र दोब्बर दस्तुर सहित थप दिन ७ सम्म कार्यालय समय भित्र दर्ता गर्न सक्ने जानकारी दिइएको छ ।

दरखास्त फाराम बुझाउँदा सबै पदका लागि एक हजार रुपैयाँ नेपाल बैङ्क लिमिटेडको खाता नम्बर ००१०१००००००००१००१००१ कार्यालय कोड ३४५०१३५१३ र राजश्व शीर्षक नं.१४२२४ मा जम्मा गरेर सो को सक्कल भौचर तथा प्रतिलिपि प्रति १/१ (एक/एक) दरखास्त फाराम साथ पेस गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्