Logo

मनाङमा माग भन्दा कम व्यक्तिले दिए म्यादी प्रहरीमा आवेदन



Spread the love

१४ चैत, मनाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि माग गरेभन्दा न्यूनले आवेदन दिएका छन् । यही चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका छन् ।

आवेदन दिनेमा भूपूप्रहरी र भूपूसैनिक बढी छन् । प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार २५८ म्यादी प्रहरी आवश्यक पर्ने भए पनि १४२ जनाको मात्रै आवेदन परेको छ ।

। “माग सङ्ख्याभन्दा कमको आवेदन परेको छ, विगतको निर्वाचनमा जस्तै छिमेकी जिल्लाबाट ल्याएर माग पूर्ति गर्नुपर्ने अवस्था छ,” उनले भने ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट सेवानिवृत्त भएका व्यक्तिलाई म्यादी प्रहरीका लागि प्राथमिकता दिइने छ । म्यादी प्रहरीको छनोट प्रक्रिया यही चैत १५ देखि प्रारम्भ हुने, नतिजा चैत २२ सम्म प्रकाशन तथा चैत २८ गतेदेखि प्रशिक्षण सुरु गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्