६ चैत, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त पदमा आज नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उनि संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए ।
प्रतिक्रिया दिनुहोस्