Logo

देशभर बढे कोरोना संक्रमित, संक्रमणमुक्त हुनेको संख्या कति ?



Spread the love

६ चैत, काठमाडाैँ । आइतबार मुलुकभर थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९८ पिसिआर र १२६३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर ३८२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन।

प्रतिक्रिया दिनुहोस्