Logo

देशभर बढे कोरोना संक्रमित, थप कतिले गुमाए ज्यान ?



Spread the love

२५ फागुन, काठमाडाैँ । बुधबार मुलुकभर थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९३६ पिसिआर र ३१५६ जनाको एन्टिजेन परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर २५१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्