Logo

एकैदिन भारतमा थपिए तीन लाख १७ हजार भन्दा धेरै संक्रमित



Spread the love

एजेन्सी । भारतमा एकैदिन तीन लाख भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एकैदिन तीन लाख १७ हजार ५३२ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा कोभिड–१९ का कारण ४९१ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । दैनिक संक्रमणदर हाल १६.४१ प्रतिशत रहेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या भारतमा ९ हजार २८७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्