५ माघ, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २३ हजार ४०९ जनाको परीक्षण गर्दा जनामा संक्रमण देखिएको हो।
सो अवधिमा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितको संख्या हो।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।
प्रतिक्रिया दिनुहोस्