Logo

पहिलोपटक ९९ जना नेपाली कामदार इजरायल उड्दै



Spread the love

४ माघ, काठमाडौँ । श्रम सम्झौतापछि पहिलोपटक ९९ जना नेपाली कामदार इजरायल उड्दै छन् । वैदेशिक रोजगारीका लागि उनीहरु आज राति ११ बजे इजरायलका लागि उड्न लागेका हुन्।

आज ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायल जान लागेका वैदेशिक रोजगार विभागले जनाएको छ। त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिकमा एक सय ६२ जनाका लागि दुई उडान हुने बताइएको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्