५ माघ, काठमाडौं । गत हप्तामात्रै ओमिक्रोन संक्रमणबाट विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ ओमिक्रोनलाई सामान्य भेरियन्ट ठान्नु भ्रम रहेको बताए ।
‘यो सामान्य रोग हो भन्ने कथ्य भ्रमपूर्ण छ’ उनले भने, ‘ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेका छन् भने मृत्यु पनि भएको छ ।’
गेब्रेयससले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोरोना महामारी अन्त्य नहुने चेतावनीसमेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्