४ माघ, काठमाडौँ। देशभर मंगलबार १० हजार २ सय ५८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। २२ हजार ८२८ जनाको कोभिड परीक्षण गर्दा १० हजार २ सय ५८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । आज मात्र १ जनाको मृत्यु भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा पाँच हजार ५४९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९७५ र भक्तपुरमा ९७५ जना संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्