४ माघ, काठमाडौं। नेकपा (एमाले)ले अहिलेसम्म ६३ वटा जिल्लाको अधिवशेन सम्पन्न गरेको छ। यद्दपी, पाँच जिल्लामा भने अधिवेशन सुरु भएपनि नेतृत्व चयन हुन सकेको छैन।
पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन हुन नसकेको हो। यस्तै, धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी ९ जिल्लामा अधिवेशनको मिति तय हुन नसकेको एमालेले जनाएको छ।
तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमणलाई ध्यानमा राखी चाडै नै अधिवेशनको मिति तय गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्