२८ पुस, काठमाडौँ । कपिलवस्तु जिल्ला अदालतले ६ जनाको हत्याको आरोपी एक व्यक्तिलाई निर्दोष रहेको भन्दै सफाइ दिएको छ। जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले सोमबार पाँच मुद्दामा सफाइ र एक मुद्दामा दोषी ठहर गरेको हो।
‘मोस्ट वान्टेड’ नसिम अहमद खानविरुद्धका कर्तव्य ज्यानका ५ मुद्दामा आइतबार र सोमबार पक्ष–विपक्षका कानुन व्यवसायीको बहसपछि अदालतले दोषी ठहर गर्ने प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो।
उनीलाई रिहा गर्नसमेत जिल्ला अदालतको फैसलामा भनिएको छ।
२०६४ माघपछि ९/१० वर्षयता भएका ६ वटा हत्याकाण्डमा उनको नाम जोडिएको थियो।
प्रतिक्रिया दिनुहोस्