२७ पुस, काठमाडौँ । प्रधानमन्त्री कप टी २० क्रिकेट अन्तर्गत पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। टीयू क्रिकेट मैदानमा भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले पराजित गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले १९.५ ओभरमा अलआउट हुदैँ १३७ रन बनाएको थियो। आर्मीका लागि कप्तान बिनोद भण्डारीले सर्वाधिक ४४ रन बनाउँदा सोमपाल कामीले ४२ रन जोडे।
बलिङतर्फ केसीले सर्वाधिक ४ विकेट लिँदा गुलसन झा र योगेन्द्सिंह कार्कीले समान २/२ विकेट तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पुलिसले १८ औं ओभरको समाप्तिमा लक्ष्य भेटायो। जसका लागि कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाउँदा राशिद खानले २८ र दीलिप नाथले अविजित २५ रन बनाए।
त्यस्तै, आजै मुलपानीमा भएको खेलमा कर्णाली प्रदेशले प्रदेश १ लाई हराएको छ। मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रदेश १ लाई ३१ रनले हराएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको प्रदेश १ ले ८९ रन मात्र बनाउन सक्यो।
सुरुवाती ब्याटिङ गरेको कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३६ रन बनाउँदा प्रकाश जैशीले २५ रन बनाए।