२६ पुस, काठमाडौँ । प्रधानमन्त्री कप टी-२० क्रिकेटमा सुदूरपश्चिम प्रदेशमाथि नेपाल पुलिसले रोमाञ्चक जित निकालेको छ। सोमबार भएको खेलमा विभागिय टोलि नेपाल पुलिसले सुदुरपश्चिम सामु ९४ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो। तर सुदुरपश्चिम निर्धारित २० ओभरमा ९१ रनमात्र जोड्न सफल भएपछि पुलिस २ रनले विजयी भएको हो।
मूलपानी मैदानमा टस हारेर पहिलो ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा ९३ रन बनायो । उसक लागि भुर्तेललले ३८ बलमा २१ रन बनाउँदा सराफले १६ बलमा २० रन बनायो ।
सुदुरपश्चिमका नारायण जोशी र आदित्य महताको नाममा समान ३/३ विकेट रह्यो भने। शेर मल्लले २ विकेट हात पारे।
९४ रनको लक्ष्य पछ्याएर जवाफि इनिङ सुरु गरेको सुदुरपश्चिम निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्रै जोड्न सक्यो।
त्यस्तै, त्रिवि मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको आर्मी १९.१ ओभरमा ११६ रनमै अलआउट भयो। ११७ रनको लक्ष्य पछ्याएको कर्णाली १४.४ ओभरमा ५३ रनमा अलआउट भयो।