Logo

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय



Spread the love

२६ पुस, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयनमा पठाउने भएको छ । शिक्षा मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हो ।

सीसीएमसीको निर्णय कार्यान्वयनका लागि पठाउने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

आइतवार बसेको सीसीएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्