एजेन्सी । सैन्य अदालतले म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाएको छ। सोमबार ७६ वर्षीया सुकीलाई वाकीटकी भित्र्याएको र प्रयोग गरेको आरोपमा चार वर्ष जेल सजाय सुनाएको हो।
यसअघि पनि म्यानमारको अदालतले सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड- १९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै सुकी जेल सजाय सुनाएको थियो।
पछि यो सजाय घटाउँदै साढे दुई वर्ष घरमै नजरबन्द हुनुपर्ने बताएको थियो। डिसेम्बरमा सुकीको सजायको अन्तर्राष्ट्रिय निन्दा भएको थियो । म्यानमारका जनताले यो निर्णयप्रति असन्तुष्टि जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्