२५ पुस, काठमाडौँ। सरकारले मंगलबारदेखि १२ देखि १७ बर्ष उमेर समूहलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने भएको छ । काठमाडौं र ललितपुर जिल्लामा मंगलबारदेखि फाइजर खोप लगाउन सुरु गर्ने काठमाडौं जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
सरकारले अहिले काठमाडौं उपत्यकाका तीन जिल्ला सहित चितवन, सिन्धुली र डडेलधुरामा १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीमा खोप लगाउने भएको हो ।
यस्तै, भक्तपुरमा भने आजै देखि मोडर्ना खोप लगाउन थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्