Logo

कोरोनाको जोखिम बढेपछि उपत्यकाका सीडीओहरू छुट्टाछुट्टै छलफलमा जुट्दै, कडाइ गर्ने तयारी



Spread the love

२५ पुस, काठमाडौँ । पछिल्लो समय नेपालमा पनि कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढ्दै गएको छ। कोरोना संक्रमण पुनः बढ्न थालेपछि भक्तपुर र ललितपुरका सीडीओहरू छलफलमा जुटेका छन् ।

सोही विषयमा छलफल गर्न दिउँसो २ बजे भक्तपुर जिल्ला प्रशासन कार्यालयमा र ललितपुर जिल्ला प्रशासन कार्यालयमा बैठक बस्दैछन् ।

सुरुमा तीनवटै जिल्ला प्रशासनले छुट्टाछुट्टै छलफल गर्ने र पछि संयुक्त बैठक बसेपछि मात्रै उपत्यकामा कडाई गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्