एजेन्सी । भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ । कारोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिन थालेसंगै पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै, २४ घण्टामा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
आइतबारसम्म ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ ।
त्यस्तै, दिल्ली र कर्नाटकमा हप्तामा २ दिन कर्फ्यू लागू गरिएको छ भने आजदेखि तमिलनाडुमा कर्फ्यू लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्