Logo

नेपालमा थपिए २४ जना ओमिक्रोन संक्रमित, जतिसक्दो छिटो खोप लगाउन मन्त्रालयको आग्रह



Spread the love

२३ पुस, काठमाडौँ । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभर एक हजार १४३ नमुना परीक्षण गर्दा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको बताएको छ ।

यो संख्या थप बढ्ने हुदाँ जतिसक्दो छिटो खोप लगाउन र जनस्वास्थ्यको मापदण्ड पालना गर्न मन्त्रालयले सुझाएको छ।

भारतमा संक्रमण तिब्र रुपमा फैलिएपछि त्यसको असर नेपालमा पनि देखिन सुरू भएको हो।

प्रतिक्रिया दिनुहोस्