Logo

माओवादी केन्द्रीय समिति बैठक सर्यो, अर्काे बैठक माघ ८ मा बस्ने



Spread the love

२३ पुस, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सरेको छ। कोरोना सङ्क्रमणका कारण केन्द्रीय समिति बैठक सारिएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय सहित ६ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ। अब केन्द्रीय समिति बैठक ८ माघमा बस्ने ढकालले बताए।

केन्द्रीय समितिको दोस्रो बैठक २५ पुसमा बोलाइएको थियो।

प्रतिक्रिया दिनुहोस्