२२ पुस, काठमाडौँ । कारोना संक्रमण तिब्ररुपमा फैलिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । गुजरात सरकारले देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट नै कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण स्थगित गरेपछि भ्रमण रद्द भएको हो ।
जनवरी १० देखि १२ तारिखसम्म भारतको गुजरातमा हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डल त्यसतर्फ जाने तय भएको थियो ।
भ्रमणसम्बन्धी पूर्व निर्धारित सबै कार्यक्रम रद्द गरिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्