२० पुस, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७९४ जनाको पीसीआर परीक्षणमा ३५५जना र १ हजार ५३५ एन्टिजेन परीक्षणमा ३८ जना गरी ३९३ जनामा संक्रमण देखिएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाले ज्यान गुमाएका छन् । योसंगै ११ हजार ६०१ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घण्टामा २६३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्