एजेन्सी। पछिल्लो समय भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहँदा नयाँदिल्लीमा २४ घण्टामा ४ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यसैविच, नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि कोरोना संक्रमण देखिएको छ ।
उनीे आफैंले सामाजिक सन्जालमार्फत् संक्रमित भएको बताएका हुन् । उनले केही दिन अगाडि आफूसँग सम्पर्कमा रहेकाहरुलाई आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्