एजेन्सी। दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट अगाबै भारतलाई धक्का लागेको छ । पहिलो टेस्टको पहिलो इनिङ्समा २०२ रनमा समेटिएको भारतले कमजोर सुरुबात गरेको छ । त्यसको साथै, भारतीय टिमका कप्तान विराट कोहली घाइते भएपछि उनले दोस्रो टेस्ट गुमाउने भएका छन्।
सोमबार बिहान कोहलीको ढाडमा समस्या आएपछि उनले ब्याटिङ गर्न सकेनन् । कोहलीको अनुपस्थितिमा कप्तानको जिम्मेवारी सम्हालेका केएल राहुलले ५० रन बनाए ।
चोटका कारण भारतले नियमित उपकप्तान रोहित शर्मालाई यसअघि नै गुमाइसकेको थियो ।
प्रतिक्रिया दिनुहोस्