१९ पुस, काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ४९८ वटा नमुना परीक्षण गर्दा ३२६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।त्यस्तै आज २५५ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्