Logo

प्रहरी र सीके राउत समूहबीच झडप, गोली चलाइयो



Spread the love

१८ पुस, काठमाडौँ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सडक जाम गरी बसेका आन्दोलनकर्मीले सडक खुलाउने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि झडप भएको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीसमेत चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाकाले जनाएको छ ।

नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका एक गरेर आठ जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले ११ राउण्ड गोली र १६ राउण्ड अश्रुग्यास प्रहार समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्