१८ पुस, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणअन्तर्गत आइतबार एक खेल मात्र हुदैँछ । आज हुने एक मात्र खेलमा साविक विजेता मछिन्द्र क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दशरथ रंगशालामा साँझ पौने पाँच बजेदेखि सुरु हुनेछ ।
६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको मछिन्द्र पुलिसलाई हराउँदै शीर्ष स्थानमा उक्लने प्रयासमा हुनेछ । दशौँ स्थानमा रहेको पुलिस पनि मछिन्द्रलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
प्रतिक्रिया दिनुहोस्