१६ पुस, काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको आफन्तका नाममा रहेको सम्पत्ति छानबिनका लागि अनुसन्धान अधिकृत खटिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उपसचिव मोहन ढकाल र शाखा अधिकृत कृष्ण मैनालीलाई अनुसन्धान अधिकृत तोकेर छानबिन अघि वढाएको हो।
विभागले प्रधानन्यायाधीश राणाको सम्पत्ति अनुसन्धानका लागि भने कानुनी रुपमा वाधा देखिएको बताएको छ । प्रधानन्यायाधीश पदमा रहुन्जेल राणालाई कानुनले नै यस्तो छानबिनबाट उन्मुक्ति दिएको छ।
प्रतिक्रिया दिनुहोस्