काठमाडौँ । नेपाली फुटबल टोलीले मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई मैत्रीपूर्ण खेल माघको १५ र १८ गते दशरथ रंगशालामा हुने जानकारी दिए।
फिफाको अन्तर्राष्ट्रिय खेलको क्यालेन्डर अन्तर्गत नै नेपाल र मौरिससबीच प्रतिस्पर्धा हुन लागेको हो।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ‘ए’ डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गर्दै मैत्रीपुर्ण खेलको लागि टोली तयार पार्नेछन् ।
प्रतिक्रिया दिनुहोस्