एजेन्सी । इन्डोनेसियाले अमेरिकी कम्पनी बोइङको ७३७ म्याक्स विमानमाथिको प्रतिबन्ध हटाएको छ। ३ वर्षअघि लायन एयर विमान दुर्घटनापछि इन्डोनेसियाले यो विमानमा प्रतिबन्ध लगाएको थियो।
लायन एयरको विमान दुर्घटनामा परी १८९ जनाको मृत्यु भएको थियो। सन् २०१९ को मार्चमा इथियोपियन एयरलाइन्सको विमान पनि दुर्घटनामा परेसँगै बोइङले आफ्नो सबैभन्दा धेरै बिक्री भएको विमानको उडानमा रोक लगाएको थियो।
अमेरिकाले यसअघि नै बोइङको यो विमानलाई उडानको अनुमति दिइसकेको छ।
प्रतिक्रिया दिनुहोस्