Logo

पेनाल्टीमा सलाह चुक्दा लिभरपुल पराजित, बराबरीमा रोकियो टोटेनहम



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत लेस्टर सिटीले लिभरपुलमाथि १-० को जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा ५९ औं मिनेटमा एडिमोला लुकमनले गरेको गोल नै लेस्टरलाई जितका लागि पर्याप्त बन्यो ।

लिभरपुलले १५ औं मिनेटमा पेनाल्टीमार्फत खेलमा अग्रता लिने मौका पाए पनि मोहम्मद सलाह सफल हुन सकेनन् ।

जितसँगै १८ खेलमा २५ अंक जोडेको लेस्टर नवौं स्थानमा रहँदा लिभरपुल १९ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा छ ।

त्यस्तै, गएराति भएको खेलमा १० खेलाडीमा सीमित घरेलु टोली साउथह्याम्पटन र टोटेनहम बराबरीमा रोकिएका छन् । सेन्ट मेरिज स्टेडियममा दुवै टोलीले १-१ को बराबरीमा खेलेका हुन् ।

बराबरीसँगै १७ खेलमा ३० अंक जोडेको टोटेनहम छैटौं स्थानमा रहँदा साउथह्याम्पटन १९ खेलबाट २१ अंकका साथ १३ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्